अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन – इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ ।

शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गरेका हुन् ।

शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उनले जानकारी दिए । ‘पहिलो चरणमा करिब रु पाँच लाखको सहायता सामग्री खरिद गरेर वितरण गरेका छौँ’, उपाध्यक्ष सिलवालले भने, ‘आवश्यकता परे थप बजेट व्यवस्था गरेर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्नेछौँ’, सहायता सामग्रीमा कम्बोड टर्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्विल चियरलगायत सामग्री छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ४० बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति