प्रतिनिधिसभा बैठक : बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ ।

बैठक प्रारम्भ हुनेबित्तिकै सांसद भीमबहादुर रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि आग्रह गरे ।

उनले अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी पहिरोले बाटो अवरुद्ध भएका कारण जान नसकेको हुनाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पुर्‍याउने काम गर्न अनुरोध गरे ।

उनले नेपाली सेनाको हेलिकप्टरमा चिकित्सकसमेत पठाएर घाइतेको उपचार गर्न माग गरे। सांसद यज्ञबहादुर बोगटीले सोही जिल्लाको बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनले घाइतेको औषधोपचार र क्षतिपूर्ति तथा राहतका लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ३० बजे

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो