प्रतिनिधिसभा बैठक : बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग « Khabarhub

प्रतिनिधिसभा बैठक : बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ ।

बैठक प्रारम्भ हुनेबित्तिकै सांसद भीमबहादुर रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि आग्रह गरे ।

उनले अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी पहिरोले बाटो अवरुद्ध भएका कारण जान नसकेको हुनाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पुर्‍याउने काम गर्न अनुरोध गरे ।

उनले नेपाली सेनाको हेलिकप्टरमा चिकित्सकसमेत पठाएर घाइतेको उपचार गर्न माग गरे। सांसद यज्ञबहादुर बोगटीले सोही जिल्लाको बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनले घाइतेको औषधोपचार र क्षतिपूर्ति तथा राहतका लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ३० बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले