समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङलाई | Khabarhub Khabarhub

समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङलाई


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्राङ युवा क्लवले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो ।

समता फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने बाम्राङ युवा क्लवले नगद ५१ हजार १११ र दोश्रो स्थान प्राप्त गर्ने साकेला गाउँपालिकाले २७ हजार ७७७ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, जिल्ला खेदकुद विकास समितिका पुर्वअध्यक्ष महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

जिल्लाका १७ टिमको सहभागीता रहेको प्रतियोगीतामा हलेसी फुटबल क्लवले तेश्रो स्थान प्राप्त गरेको छ । हलेसी फुटबल क्लवले शुक्रबार युवा जागरण क्लवलाई पछि पार्दै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान प्राप्त टिमलाई नगद १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।

प्रतियोगीतामा साकेला गाउँपालिकाका रामसुर राईले बेष्ट डिफेन्डर, बाम्राङ युवा क्लवका हरि खवासले हाइ स्कोरर, बाम्राङकै सुजन खवासले बेष्ट मिडफिल्डर, बाम्राङकै सुजन खड्काले बेष्ट गोलकिपर, साकेला गाउँपालिकाका प्रशान्त राईले बेष्ट फरवार्ड र साकेलाका जोर्डन राईले प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेका छन् । प्रतियोगीता गत शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : १७ बजे

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने

सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको