नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको भदौ ३१ गते बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरी नागरिकको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निर्णय गरिएको लोसपाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रणाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारको रक्षार्थ पार्टी बाध्य भएर सङ्घर्षमा जानुपर्ने परिस्थिति आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

सरकारद्वारा टीकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरीलगायतका आन्दोलनकारीहरूलाई मुद्दा खारेज गरी रिहाइ गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया पु¥याएर टीकापुरजस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : २३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा