नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको भदौ ३१ गते बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरी नागरिकको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निर्णय गरिएको लोसपाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रणाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारको रक्षार्थ पार्टी बाध्य भएर सङ्घर्षमा जानुपर्ने परिस्थिति आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

सरकारद्वारा टीकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरीलगायतका आन्दोलनकारीहरूलाई मुद्दा खारेज गरी रिहाइ गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया पु¥याएर टीकापुरजस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : २३ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय