उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा | Khabarhub Khabarhub

उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।१६ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटी २– ० ले अघि रह्यो ।त्यसपछि खेलको ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

खेलको ३३ औं मिनेटमा नाथन कोलिन्सले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो । यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलमा १७ अंक जोडेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४३ बजे

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई