एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने | Khabarhub Khabarhub

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २६ बजे

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने मोहम्मद

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान

पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको जारी केन्द्रीय कार्यसमिति

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार  

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेको छ

फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू)

काठमाडौं- ठूला सहरी क्षेत्रमा बनेका फुटपाथ पैदल यात्रीलाई हिँड्न सहजताका