विश्व इतिहासमा आज : वेनेजिर भुट्टो स्वदेश फिर्ता « Khabarhub

विश्व इतिहासमा आज : वेनेजिर भुट्टो स्वदेश फिर्ता


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज १८ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

वेनेजिर भुट्टो स्वदेश फिर्ता

आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन्। स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनावी ह्यालीमा भुट्टोको हत्या भएको थियो। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन्।

पाइपलाइन विस्फोटमा २०० को मृत्यु

नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाइपलाइनमा ठूलो विस्फोट भएको थियो। लागोस्थित पाइपलाइनमा भएको सो विस्फोटमा २०० जनाको मृत्यु भएको थियो। विस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो।

अमेरिकाले गर्यो रूसबाट अलास्का खरिद

सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो। आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो। तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन्। सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो।

प्युरटो रिको अमेरिकाको अधिनमा

स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो। सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : २६ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही