सीसीपीको २०औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी | Khabarhub Khabarhub

सीसीपीको २०औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको सत्तारुढ कम्युनिस्ट पार्टी (सीसीपी)को २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ।

६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ। सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो।

हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन्। महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन्। त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन्। उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ।

सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ। आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक सातासम्मका लागि भेला भएका छन्।

उनीहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन्। केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन्।

पोलिटब्युरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ। स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सात जना सदस्य छन्। उनीहरू सबै पुरुष हुन्। सबै कार्य पार्टी अधिवेशनमा हुँदैन। महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ।

तेस्रो पाँच वर्षे कार्यकालको नेतृत्व लिएमा सीले चीनलाई अझै बढी अधिनायकवादी शासन लाद्ने सम्भावना छ। लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएसएस)का प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा अधिनाकवादी शासन थियो। हामीहरू अझै पनि त्यहाँ छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ३३ बजे

राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको

बजेटको प्राथमिकतामा कञ्चनपुरमा सात आयोजना : खप्तड पदयात्रा सञ्चालन गरिने

कञ्चनपुर – कञ्चनपुरमा सात वटा आयोजनाका लागि बजेट सुनिश्चित भई

आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को