साउदी अरबको पूर्वी क्षेत्रमा दूतावासले थप्यो कर्मचारी « Khabarhub

साउदी अरबको पूर्वी क्षेत्रमा दूतावासले थप्यो कर्मचारी



दोहा – रियादस्थित नेपाली दूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा दुई जना कर्मचारी खटाएको छ।

यसअघि एक जना कर्मचारी खटाएको दूतावासले नेपाली कामदारहरूको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि थप एक कर्मचारी थपेको हो । यससँगै दूतावासका २ जना कर्मचारीले पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारहरूको समस्या समाधानका लागि पहल गर्ने दूतावासले जनाएको छ।

दमाम, जुवेल, अल खोबर, खब्जी, अलहासा लगायतका पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा गरिएको छ। सो क्षेत्रमा रहेका साउदी सरकारी निकाय (श्रम कार्यालय, अध्यागमन कार्यालय, जेल, डिपोर्टेशन सेन्टर, अदालत, प्रहरी, सरकारी अस्पताल इत्यादि) तथा रोजगारदाता कम्पनीसँग आवश्यक सम्पर्क एवम् समन्वय गरेर समस्या समाधानका लागि पहल गर्ने दूतावासले जनाएको छ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलालमार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको छ। यहाँ विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

कर्मचारीहरुको सम्पर्क विवरण निम्नानुसार रहेको छः
१. नारायण पासवान- मोबाइल नं. ०५००० ८१ ५३६
२. अब्दुल रहीम- मोबाइल नं. ०५००० ७४ ३८६

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५० बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन