बोलोग्नामाथि नापोलीको कठिन जित « Khabarhub

बोलोग्नामाथि नापोलीको कठिन जित


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ। बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे। बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन।

जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ। बोलोग्ना समान खेलबाट सात अंक सहित १७औं स्थानमा छ।

अर्को खेलमा एसि मिलानले हेलास भेरोनालाई २-१ ले पराजित गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ४८ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी