दोस्रो पटक भिड्दै जमिन्द्र र टकराज  « Khabarhub

दोस्रो पटक भिड्दै जमिन्द्र र टकराज 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोड घटाउ र प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । चुनावी माहौल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको विषयमा छलफल र चर्चा भइरहेको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिस्पर्धा गर्दै छन् ।

प्रदेशसभामा पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश ‘क’ मा कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ भर्सेस एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घले भिड्दैछन्। प्रदेशसभा ‘ख’ मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी चुनावी मैदानमा छन् ।

संघीय निर्वाचन र प्रदेश ‘ख’ मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो भने प्रदेश ‘क’ का उम्मेद्वारद्वय घले र गुरुङबीच अहिले दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा ८९२ को झिनो मतान्तरले विजयी भएका घलेलाई मंसिर ४ गतेको प्रदेशसभा निर्वाचन भारी हुनसक्ने आँकलन कतिपयको छ ।

मतका आधारमा गठबन्धन अगाडि

२०७९ को स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धन लमजुङमा अगाडि देखिन्छ। कूल ३६ वटा वडा रहेको लमजुङमा प्रदेश सभा ‘क’ मा कांग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मतसमेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ। एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।

त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।

त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ । गठबन्धनका उपमेयर-उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए । उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ ।

४ पालिकाका ८ जना प्रमुख/उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन् । कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् ।

जनताको अभिमतमा एकपटक परीक्षण भइसकेका जमिन्द्रमान र नयाँ अनुहार डा. टकराज मध्ये कसलाई मतदाताले जिम्मेवारी सुम्पिने हुन् त्यसको परिणाम भने मंसिर ४ पछि नै थाहा हुनेछ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ५४ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र