पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने « Khabarhub

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ। कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ। छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो।

परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। पाँच दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको छ।

टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिए। तीन ठाउँमा बस टर्मिनल निर्माण गरिने छ।

उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए। तीन चरणमा सबै काम पूरा हुने छ। पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ। दोस्रो चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्रो चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ३१ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी