प्रज्ञा प्रतिष्ठानद्वारा जोशीको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

प्रज्ञा प्रतिष्ठानद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ । प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा आजीवन सदस्य रहेका जोशीको एक सय तीन वर्ष पाँच महिनाको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा डा. हेमनाथ पौडेलले आज जारी गरेको शोक विज्ञप्तिमा जोशी नेपाली भाषा तथा नेपाल भाषा, साहित्य र संस्कृतिका सर्वोच्च धरोहर, वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार तथा अन्वेषक, वाङ्मय शताब्दीपुरुष भएको उल्लेख छ । 

विसं १९७७ वैशाख ३० गते बखुःबहाल, ललितपुरमा माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मनुभएका जोशी नेपाली संस्कृति, पुरातत्व र इतिहासका अथक अन्वेषक, आधिकारिक ज्ञाता, प्रामाणिक व्याख्याताका साथै नेपाली भाषा र नेपाल भाषाका वशिष्ठ विद्वान् एवं प्रखर सर्जक थिए ।

‘आजीवन सदस्यका रूपमा रहेर नेपालको प्राज्ञिक उन्नयनका लागि गरेका योगदान विशिष्ट र अतुलनीय रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कृतिहरूले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेका छन् भने प्राज्ञिक कर्महरूले उहाँलाई युगौँयुगसम्म अजर र अमर राख्ने छन् ।’

 शताब्दीको यात्रा पूरा गरिसक्दा पनि सदैव नेपाल, नेपाली र नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा चिन्तनशील उनको यस दुःखद निधनबाट राष्ट्रले एक अमर विभूति गुमाएको छ भने नेपाल प्रज्ञा-प्रतिष्ठानले एक जना भरपर्दा प्राज्ञिक अभिभावक गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले यस घडीमा प्रतिष्ठानले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ११ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी