प्रज्ञा प्रतिष्ठानद्वारा जोशीको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रज्ञा प्रतिष्ठानद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ । प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा आजीवन सदस्य रहेका जोशीको एक सय तीन वर्ष पाँच महिनाको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा डा. हेमनाथ पौडेलले आज जारी गरेको शोक विज्ञप्तिमा जोशी नेपाली भाषा तथा नेपाल भाषा, साहित्य र संस्कृतिका सर्वोच्च धरोहर, वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार तथा अन्वेषक, वाङ्मय शताब्दीपुरुष भएको उल्लेख छ । 

विसं १९७७ वैशाख ३० गते बखुःबहाल, ललितपुरमा माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मनुभएका जोशी नेपाली संस्कृति, पुरातत्व र इतिहासका अथक अन्वेषक, आधिकारिक ज्ञाता, प्रामाणिक व्याख्याताका साथै नेपाली भाषा र नेपाल भाषाका वशिष्ठ विद्वान् एवं प्रखर सर्जक थिए ।

‘आजीवन सदस्यका रूपमा रहेर नेपालको प्राज्ञिक उन्नयनका लागि गरेका योगदान विशिष्ट र अतुलनीय रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कृतिहरूले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेका छन् भने प्राज्ञिक कर्महरूले उहाँलाई युगौँयुगसम्म अजर र अमर राख्ने छन् ।’

 शताब्दीको यात्रा पूरा गरिसक्दा पनि सदैव नेपाल, नेपाली र नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा चिन्तनशील उनको यस दुःखद निधनबाट राष्ट्रले एक अमर विभूति गुमाएको छ भने नेपाल प्रज्ञा-प्रतिष्ठानले एक जना भरपर्दा प्राज्ञिक अभिभावक गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले यस घडीमा प्रतिष्ठानले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ११ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र