आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण « Khabarhub

आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो । त्यसैगरी शिविरबाट दश जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचयपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर  परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

म्याग्दे–७ समिभञ्ज्याङ्गका रामबहादुर थापाले टोल र घरसम्म आएर ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा असाध्यै खुसी लागेको बताए । वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको उनले बताए ।

शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलब्ध गराइएको छ ।  

त्यसैगरी घुम्ती शिविरमा बहिरङ सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ । प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना संकलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यु, बसाइँसराइ, एवं सम्बन्धविच्छेद लगायतका दर्ता गरिएको छ । 

प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व संकलन, मालपोत तथा भूमिकर संकलन तथा विभिन्न सिफारिस गरिएको छ । किसानलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग संकलन , पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण र नतिजाका आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखाअन्तर्गत उपभोक्तासँग योजना सम्झौता गरिएको छ ।  

असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ३२ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र