प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक  « Khabarhub

प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुक रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको चुनावी प्रतिबद्धता पत्रको एउटा अंशः

मैले एमालेको लालकिल्लालाई कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु। मैले जनताको म्यान्डेटलाई इमानदारीपूर्वक गरेको छु। विकासका काममा पनि मैले सक्जनेजति गिररहेकै छु। यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्। जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ। संविधान बनाउने देखि बनाउने र कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन्।

संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा- वडासम्म पुर्‍याउने नारालाई सार्थकता दिनेछौँ।

काठमाडौँ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अवस्था बनाउनेछन्। हामी काठमाडौँका सामुदायिक  विद्यालयकोगुणस्तर  निजी विद्यालय बराबर बनाउने प्रयत्न गर्नेछौ। स्वास्थ्यमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याब र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्‍यो।

बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संसोधन गर्न पहल गर्नेछौ। छाता ऐनहरु बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ। त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ। यसबाहेक नागमती ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौ। यश क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो ।केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौँ हामीलाई म्यान्डेट दिनुहोस् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०६ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र