प्रहरी कुटपिटको विरोधमा चक्का जाम « Khabarhub

प्रहरी कुटपिटको विरोधमा चक्का जाम


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरूप स्थानीयले सोमबार मध्यान्हदेखि चक्काजाम गरेका हुन्को ।

आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए । 

गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ। अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हो । ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरी कै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ ।

पोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ। 

जीबछीले लगेकै रातिदेखि पाइपले कुट्ने,  कपाल झ्यालमा बाँधेर पैतालामा पाईले हानेको बताएकी छिन् । उनले भनिन्, ‘पाइपले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्‍याए, पाइले कति हाने त्यसको गन्ती नै छैन ।’

उनको शरीरको विभिन्न भागमा पाइप तथा लाठिले कुटपिट गरेको नीलडाम रहेको स्थानीय गंगाराम साहले बताए । उनले भने, ‘१५ असोजमा शब भेटियो, पोस्टमार्टमपछि दाहसंस्कार भयो ।  १३ दिनको काम सकिएपछि बुहारीलाई शनिबार प्रहरीले पक्राउ गरी ल्यायो,  मरन्नासन अवस्थामा पुर्याएको छ ।’

इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी हरि ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडे पनि आज बिहान हुलसहित प्रहरी कार्यालय घेरा हाल्न आएको बताए । उनले सो क्रममा भिड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार भएको जनाए । 

सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनबीच वार्ता भइरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । घटनाको छानबिन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ। महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भइरहेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०९ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र