‘आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु’  « Khabarhub

‘आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु’ 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

असोज – आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् । 

आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । ‘मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ’ चौहानले भने, ‘ुयो नै मेरो जितको मुख्य आधार हो ।’

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ ।  

‘नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण छैन । जनता उहाँको दम्भ, घमण्ड भत्काउन चाहन्छन्’ नेता चौहानले भने, ‘अर्कोतर्फ जनमोर्चाका नेता सागर केसीको पूर्वी क्षेत्रमा कुनै प्रभाव छैन ।’

लामो समय एमालेको राजनीति गरेका चौहानले एमालेमै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गरे । अन्तिम समयमा जनमोर्चाका सागर केसीले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका ठाकुर कुमार विकको उम्मेदवारी खोसेका कारण माओवादी केन्द्रको मत समेत आफूले पाउने नेता चौहानको विश्वास छ । 

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता चौहानले आफूले आजसम्म गरेका कुनै पनि काममा असफल नभएको भन्दै आफूले नै समृद्ध अर्घाखाँची बनाउने दाबीसमेत गरे । 

अर्घाखाँची प्रदेशसभा (क) मा एकीकृत समाजवादीका चौहानसहित एमालेबाट चेतनारायण आचार्य, गठबन्धनबाट जनमोर्चा नेता सागर केसी, स्वतन्त्रबाट राजन नेपालीलगायत उम्मेदवार चुनावी दौडमा छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ५७ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर