‘आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु’  « Khabarhub

‘आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु’ 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

असोज – आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् । 

आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । ‘मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ’ चौहानले भने, ‘ुयो नै मेरो जितको मुख्य आधार हो ।’

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ ।  

‘नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण छैन । जनता उहाँको दम्भ, घमण्ड भत्काउन चाहन्छन्’ नेता चौहानले भने, ‘अर्कोतर्फ जनमोर्चाका नेता सागर केसीको पूर्वी क्षेत्रमा कुनै प्रभाव छैन ।’

लामो समय एमालेको राजनीति गरेका चौहानले एमालेमै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गरे । अन्तिम समयमा जनमोर्चाका सागर केसीले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका ठाकुर कुमार विकको उम्मेदवारी खोसेका कारण माओवादी केन्द्रको मत समेत आफूले पाउने नेता चौहानको विश्वास छ । 

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता चौहानले आफूले आजसम्म गरेका कुनै पनि काममा असफल नभएको भन्दै आफूले नै समृद्ध अर्घाखाँची बनाउने दाबीसमेत गरे । 

अर्घाखाँची प्रदेशसभा (क) मा एकीकृत समाजवादीका चौहानसहित एमालेबाट चेतनारायण आचार्य, गठबन्धनबाट जनमोर्चा नेता सागर केसी, स्वतन्त्रबाट राजन नेपालीलगायत उम्मेदवार चुनावी दौडमा छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ५७ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन