तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण « Khabarhub

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो।

पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए।डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ।उनले भने, ‘आयोजनाले चौविसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज २ अन्र्तगत १,२ र ३ को पावरहाउस जाने टनेलको सबै कार्य सम्पन्न भैसकेको छ।

जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट विद्युत् उत्पादन कार्यका लागि निर्माण कार्यलाई तीब्रता दिइएको छ।पानी निस्कने सुरुङको ढलान कार्यका लागि स्टील फर्म वक्स भैरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले बताए। उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ।

त्यसैगरी,प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने काम समेत सम्पन्न भैसकेको छ।आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको उनले बताए।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ।विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो।

सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ।२८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रु.पचास करोड पचास लाख अमेरिकी डलरको लागि एडीबीको रु.पन्ध्र करोड लगानी रहेको छ।

त्यसैगरी,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु.अठ्ठार करोड चालिस लाख, युरोपियन लगानी बैंकले रु.आठ करोड पचास लाख र नेपाल सरकार÷नेपाल विद्युत्् प्राधिकरणले रु.आठ करोड साठी लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ४३ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई