मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाऔं : प्रधानमन्त्री देउवा « Khabarhub

मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाऔं : प्रधानमन्त्री देउवा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन आग्रह गरेका छन्।

बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै देउवाले यस्तो आग्रह गरेका हुन्। देउवाले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन्। उनले प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकतर्फ कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्।

‘प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गरौं’, देउवाले भने।

देउवाले राणा शासनदेखि अहिलेसम्मका आन्दोलनको नेतृत्व गरेको पार्टी कांग्रेस भएको भन्दै विकासको बाटोमा अगाडि बढे पनि अझै काम गर्न बाँकी रहेको बताएका छन्। शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी कामलाई छिटो छरितो बनाउन काम गर्ने देउवाको भनाइ छ।

निर्वाचनमा दिइएको अमूल्य मतदानले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै देउवाले गठबन्धनलाई जिताउन आह्वान गरेका हुन्। मतदानमा उत्साहाका साथ सहभागी हुन उनले अनुरोध गरेका छन्। देउवाले आफूहरु कुरा भन्दा काम गर्ने दाबीसमेत गरेका छन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : ०९ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा