क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए चिनियाँ राष्ट्रपति | Khabarhub Khabarhub

क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए चिनियाँ राष्ट्रपति

गोप्य विवरण सार्वजनिक गरेको आरोप


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाली – चीनका राष्ट्रपति सी चीनफिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन्। जी २० शिखर सम्मेलनको साइडलाइन भेटमा राष्ट्रपति सीले क्यानडाका प्रधानमन्त्रीमा “इमानदारी“ को कमी भएको आरोप लगाए।

राष्ट्रपति सीले कथित चिनियाँ जासुसी र क्यानाडाको चुनावमा हस्तक्षेपबारे क्यानडाको दाबीलाई संकेत गर्दै थिए। दुई नेताबीच धेरै समयपछि पहिलो पटक भेट भएको थियो।

पत्रकारहरूले खिचेको फुटेजमा विश्व नेताहरूको भेलामा राष्ट्रपति सी र ट्रुडो एकअर्काको नजिक उभिएको र अनुवादकमार्फत कुराकानी गरिरहेको देख्न सकिन्छ। ‘हामीले छलफल गरेका सबै कुरा चुहावट भएको छ र त्यो उपयुक्त छैन,’ चिनियाँ नेताले ट्रुडोलाई भने। सीको भनाइ सुनेपछि मुस्कुराउँदै क्यानाडाली प्रधानमन्त्रीले जवाफ दिए “क्यानडामा हामी स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छौं र हामीले जारी राख्नेछौं’’। ट्रुडोले आफ्नो भनाइ सक्नुअघि नै सी उनीसँग हात मिलाएर हिँडेका थिए ।

दुई नेताबीचको भेटले चीन र क्यानडाबीचको तनावलाई प्रकाश पारेको छ। सन् २०१८ मा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई को हिरासत र र त्यसको बदलामा बेइजिङले दुई क्यानेडियनहरूलाई जासुसीको आरोपमा पक्राउ गरेपछि दुई देशबीको तनाब बढेको थियो। पछि तीनै जना रिहा भएका थिए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ०६ बजे

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल