संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील | Khabarhub Khabarhub

संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिन संयुक्त अपिल जारी गरेका छन् ।

बिहीबार मध्यरातदेखि स्थिर अवधि सुरु हुने भएकाले गठबन्धनमा आबद्ध प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै गठबन्धनको उम्मेदवारलाई मत हाल्न अपिल जारी गरेका हुन् ।

मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबी गरिएको छ । ‘आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले अघिल्लो केपी ओली नेतृत्वको सरकारले देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचार गरेको, अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि गठवन्धन बनाउनु परेको प्रस्टीकरण पनि दिएको छ ।

झन्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि दाबी गरेको छ । ‘मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ,’ अपिलमा भनिएको छ ।

संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेको जनाइएको छ । ‘यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो,’ अपिलमा भनिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : १० बजे

उद्योगमन्त्रीको चिनियाँ लगानीकर्तालाई प्रस्ताव- तपाईँहरू लगानी गर्नुस्, कानूनी जटिलता हामी कम गर्छौँ 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताले आज

मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका

ओली र प्रचण्डसँग वार्तापछि रविको प्रतिक्रिया : कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी जस्तो

नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

सभामुख घिमिरे र ओलीबीच टेलिफोन वार्ता 

काठमाडौं– सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच