संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील | Khabarhub Khabarhub

संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिन संयुक्त अपिल जारी गरेका छन् ।

बिहीबार मध्यरातदेखि स्थिर अवधि सुरु हुने भएकाले गठबन्धनमा आबद्ध प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै गठबन्धनको उम्मेदवारलाई मत हाल्न अपिल जारी गरेका हुन् ।

मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबी गरिएको छ । ‘आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले अघिल्लो केपी ओली नेतृत्वको सरकारले देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचार गरेको, अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि गठवन्धन बनाउनु परेको प्रस्टीकरण पनि दिएको छ ।

झन्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि दाबी गरेको छ । ‘मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ,’ अपिलमा भनिएको छ ।

संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेको जनाइएको छ । ‘यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो,’ अपिलमा भनिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : १० बजे

सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीचको छलफल जारी

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले