सुकुम्बासीको प्रश्न-उठिवासको त्रास कहिलेसम्म ? « Khabarhub

सुकुम्बासीको प्रश्न-उठिवासको त्रास कहिलेसम्म ?


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त सुकुम्बासी मोर्चाले वर्षौँदेखि आफूहरू बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् । 

बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म बस्नुपर्ने भन्दै प्रश्न गरेका छन् । जहाँको नागरिकता हो त्यहीँ जान सरकारले भनेको भन्दै उनीहरूले काठमाडौंमा कहाँको नागरिकता भएकाले मात्र बस्न पाउने भन्दै प्रश्न गरेका छन् । 

आफूहरू वर्षौँदेखि बस्दै आएको जमिनबाट हटाउने होइन लालपूर्जा दिनुपर्ने मोर्चाका उपाध्यक्ष राजकुमार पाण्डेले बताए । प्रदर्शनमा सहभागीहरूले ‘उठिवासको त्रास कहिलेसम्म, हामीले अधिकारी खोजेको, हामीहरू विकास विरोधी होइन’ जस्ता प्लेकार्ड बोकेका थिए । 


प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : ४० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ