सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि « Khabarhub

सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो ।

सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो । 

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो  लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

 सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ३ : ५५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ