निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन « Khabarhub

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने बताएका छन् । 

बुधबार भर्चुअल भिडियो कन्फरेन्समार्फत् प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशक, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन दिँदै यस्तो बताएका हुन् । 

उनले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी थप सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नसमेत निर्देशन दिए । महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको व्यावसायिकतालाई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा जोड दिए । औचित्य पुष्टि हुने गरी एवं कर्तव्यनिष्ठताको क्रममा गरिएका काम कारबाहीप्रति संगठनको सदैव साथ रहनेसमेत उनले बताए ।

भर्चुअल कन्फरेन्समा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : २७ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त