कोरोना सङ्क्रमण घटेपछि खोप ल्याइएन « Khabarhub

कोरोना सङ्क्रमण घटेपछि खोप ल्याइएन


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण देखिएको छैन । 

उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन ।  ‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं’, उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’ 

उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए।  ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ’, उनले भने, ‘आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछौँ।’ सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।

बुस्टर डोजका लागि ल्याइने 

सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिए । नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटक पटक गरी अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ । उनका अनुसार ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेका छन् । सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । 

यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजरलाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ । सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

–शरद् शर्मा रासस

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १ : ५९ बजे

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या