स्थानीयतहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

स्थानीयतहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा जिम्मेवारी दिएको भन्दै तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका हुन् ।

उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव भएको भन्दै यसलाई संरक्षण गर्न सबै मिल्नुपर्ने धारणा राखे । उनले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशील हुने विश्वास पनि व्यक्त गरे ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अव मेट्रो रेलको विकल्प नभएको र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसंग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने जिकिर गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : १४ बजे

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका