दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस « Khabarhub

दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांगे्रसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्पmका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा सहभागी नजनाई पार्टीप्रति गैरजिम्मेवार बन्दै आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर नेकपा(एमाले)का उम्मेदवारलाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँड्दै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ ।

केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको तथा यसपटक सूर्यमा मतदान गर्नु अर्कोपटक आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिकोे जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाईसमेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भनी उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांग्रेस निर्देशन दिने निर्णयसमेत गरेको लामाले बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : १३ बजे

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जनमत प्राप्त गरेका

रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकसहित विश्वका पार्टीको शुभकामना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत