लेवान्डोस्कीले दोस्रो पटक जिते उत्कृष्ट फिफा वर्ष खेलाडीको अवार्ड « Khabarhub

लेवान्डोस्कीले दोस्रो पटक जिते उत्कृष्ट फिफा वर्ष खेलाडीको अवार्ड


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका छन् । वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका उनले लगातार यस वर्ष पनि फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।

अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’

म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्दा चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।

डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।

महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ५३ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु