पर्यटनमन्त्रीको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण « Khabarhub

पर्यटनमन्त्रीको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : ११ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज