स्मितासँग अलग्गिए ‘महाभारत’का श्रीकृष्ण « Khabarhub

स्मितासँग अलग्गिए ‘महाभारत’का श्रीकृष्ण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।

हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं । यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् । कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।’

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : ४० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा