कोभिडकै बीच पोखरामा आहा रारा गोल्ड कप « Khabarhub

कोभिडकै बीच पोखरामा आहा रारा गोल्ड कप


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

२०औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।

प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : ५० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु