देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह « Khabarhub

देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणासहित बिहीबार राति साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए। ओलीसँग दुई घण्टासम्म चलेको भेटमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न देउवाले आग्रह गरेका हुन्।

सत्ता गठबन्धनका नेतासँगको बैठक सकरात्मक नभएपछि बालकोट पुगेका देउवालाई ओलीले ठोस निर्णय भने दिन सकेनन्।

ओलीले पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्न सकिने बताएका छन्। ओलीको सचिवालयका सदस्यले मिडियालाई दिने गरी कुनै ठोस छलफल नभएको बताएको छ। ओलीका प्रेस संयोजक रामशरण बजगाईंले समसामयिक विषयमा कुराकानी भएको उल्लेख गरे।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निजी निवास बालकोटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे भेटवार्ता गर्नु भएको छ’, बजगाईंले भने।

यता बालुवाटार स्रोतले भने प्रधानमन्त्रीले एमसीसी अनुमोदन र संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रतिपक्षी दलका नेतासँग छलफल भएको बताएको छ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्।

पार्टीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा संसदमा टेबल गरेर अगाडि बढ्ने तयारीमा छन्। सत्ता गठबन्धनमा एमसीसी अगाडि बढाउने विषयमा अलमल देखेपछि देउवाले यो विषयमा प्रतिपक्षी दलको साथ खोजेका हुन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ४७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी