माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु  « Khabarhub

माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु 


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।

मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।

माल्टाको एल्डो मोरो सडकमा बिहान ११ : ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । माल्टा प्रहरी प्रारम्भिक अनुसन्धानबाट, बोर्मलाका ५६ वर्षीय पुरुषले चलाएको डफ ट्रक केन्द्रीय पट्टीमा ठोक्किएर पल्टिएको निष्कर्ष निकालेको छ।

मोटरसाइकल चालकलाई घटनास्थलमा नागरिक सुरक्षा विभागका सदस्य र मेडिकल टोलीले सहयोग गरेका थिए । उनलाई एम्बुलेन्समा मेटेरदेई अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत्यु भइसकेको बताएका थिए।

उनी खाना ढुवानी गर्ने कुरियरको काम गर्दै आएका थिए । एनआरएनए माल्टाले श्रद्धाञ्जली व्यक्त गर्दै  श्रेष्ठको निधन भएको ठाउँमा दीप प्रज्वलन  गरेको छ ।

शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको एनआरएनएले जनाएको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ३६ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश