विवाह भोजका लागि छिमेकीको घरमा जाँदा आफ्नो घरमा आगलागी « Khabarhub

विवाह भोजका लागि छिमेकीको घरमा जाँदा आफ्नो घरमा आगलागी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ ।

विद्युत सर्ट भई आगो सल्कीदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको घरमा विवाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमको भनाई छ ।

राती ९ : ३० बजेदेखि आगलागी सुरु भएको छिमेकी अर्बीन चौधरीले जानकारी दिइन् । ‘सुरुमा धुवा जस्तो देखियो’ छिमेकी चौधरीले भने, ‘आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै खरानी भयो । तीनकोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ ।

आगो त्रियुगा नगरपालिकाको दमकलले झण्डै एक घण्टापछि नियन्त्रणमा लिएको थियो। क्षतिको बिवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ४० बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि