बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ « Khabarhub

बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनको कुटपिटबाट मृत्यु भएको छ ।

हत्या गरेको आरोपमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : १५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको