सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल « Khabarhub

सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले

संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको छलफलमा ओली सकारात्मक बनेको जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।

उनका अनुसार बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि अर्को बैठक आइतबार बिहान १० बस्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको