खोटाङमा थपिए २८ हजार ८३२ नयाँ मतदाता « Khabarhub

खोटाङमा थपिए २८ हजार ८३२ नयाँ मतदाता


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा २८ हजार ८३२ नयाँ मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनमा एक लाख १५ हजार ६४२ मतदाता रहेको नयाँसहित कुल मतदाता संख्या एक लाख ४४ हजार ४७४ पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । कुल मतदाता संख्यामध्ये पुरुष ७५ हजार ४४८ र महिला ६९ हजार २६ जना छन् ।

२०७४ सालमा २६ हजार २८३ मतदाता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ हजार ३१६ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या ३४ हजार ५९९ पुगेको जिल्ला निर्वाचन कार्यालका कम्प्युटर अपरेटर सञ्जीव खड्काले बताए । यस्तै, यसअघि १६ हजार ४९० मतदाता रहेको हलेसी तुवाचुङ नगरपालिकामा चार हजार ३६० नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या २० हजार ८५० पुगेको छ ।

ऐसेलुखर्क गाउँपालिकामा दुई हजार ८९ नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या ११ हजार ४४१, केपिलासगढी गाउँपालिकामा दुई हजार १३३ मतदाता थप हुँदा कुल मतदाता संख्या १० हजार ८५५, रावाबेसी गाउँपालिकामा एक हजार ५८१ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या नौ हजार ५६३, साकेला गाउँपालिकामा एक हजार ९३९ मतदाता थप हुँदा कुल मतदाता संख्या ८ हजार ५९३, पुगेको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक हजार ९९२ मतदाता थप हुँदा कुल मतदाता संख्या १३ हजार ६४७, खोटेहाङ गाउँपालिकामा दुई हजार ९३२ मतदाता थप हुँदा कुल मतदाता संख्या १५ हजार ३४३ मतदाता, बराहपोखरी गाउँपालिकामा एक हजार ६०८ मतदाता थप हुँदा कुल मतदाता संख्या नौ हजार ३४५ र जन्तेढुंगा गाउँपालिकामा एक हजार ८८२ मतदात थप हुँदा कुल मतदाता संख्या १० हजार २३८ पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

फोटोसहितको मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयले घुम्ती शिविर सञ्चालन गरेको थियो । मतदाता नामावली दर्ताका लागि कतिपय पार्टीले बस रिजर्भ गरेरै स्थानीयलाई निर्वाचन कार्यालय पुर्‍याएको थियो । निर्वाचन कार्यालयले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसक्ने अवस्था भएमा स्वयंले वडा कार्यालयको सिफारिससहित आगामी २० फागुनसम्म निवेदन दिन सक्ने जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १५ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको