विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित « Khabarhub

विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित



काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो ।

१ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अबिनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन जोडे ।

यस्तै क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले भोलि बिहान ११ः४५ बजे फिलिपन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : ५३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु