माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने « Khabarhub

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।

यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरी यही फागुन २० गते निर्धारण गरिएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रीय समिति बैठक बस्न नसक्दा पदाधिकारी चयन हुन सकेका छैनन् । पदाधिकारीका साथै स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय समिति बैठक बोलाएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सदनबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनबीचमै विमति देखिएको छ । माओवादी केन्द्र अहिले सडक, सदन र सडक तीनतिर आन्दोलित भएको अवस्था छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : ५९ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी