पछिल्लो २४ घण्टामा ४३७ संक्रमित थपिए, २ जनाको मृत्यु | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ४३७ संक्रमित थपिए, २ जनाको मृत्यु


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण थपिएको छ ।

९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार १३३ जनाको पीसीआर र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट २७५ र एन्टिजेन परीक्षणबाट १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ४५४ जनाले कोरोनालाई जितेका छन् ।

आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ । अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : ४६ बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु