गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सुरु « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सुरु


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सुरु भएको छ ।

बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो । शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उडानका बेला बिहान १० बजेदेखि ५ बजेसम्म अन्य नियमित उडान भने बन्द गरिएको छ । महाप्रबन्धक दाहालका अनुसार अब प्रत्येक दिन १५ फागुनसम्म क्यालिब्रेशन फ्लाईट हुनेछ ।

ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे÷नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको दाहालले बताए ।

विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआईडीएसलगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ । क्यालिब्रेशन फ्लाईट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर छ । एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ३६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी