गठबन्धनलाई चुनावसम्म कायमै राख्नुपर्छः अर्जुननरसिंह केसी « Khabarhub

गठबन्धनलाई चुनावसम्म कायमै राख्नुपर्छः अर्जुननरसिंह केसी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताएका छन् ।

उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए । ‘जुन प्रतिबद्धताका साथ चुनावसम्मै कायम रहने गरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले भने ।

गठबन्धनआबद्ध दलबीच सहमति नभए एमालेसँग काँग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ । एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो । अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन । तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’

गठबन्धनमा सहमति नजुट्दा एमसीसी शुक्रबार प्रतिनिधिसभामा पेश हुन सकेन । सरकारले संसद बैठकमा पेश गर्ने तयारी गरे पनि गठबन्धनमा आबद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ ।

सरकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल काँग्रेस एमसीसी संसद बैठकमा पेश गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन ।

गठबन्धनको जोगाउँदै एमसीसी पनि संसदमा पेश गर्ने तयारी काँग्रेसको छ । जस कारण काँग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ ।

गठबन्धनको बैठक फेरि आइतबार बस्दै छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : १३ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को