ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र « Khabarhub

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मर्स्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो ।

म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन। यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउँछन्।

गत असार पहिलो साता मर्स्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ । उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन्। निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बाङ्गिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मर्स्याङ्दीमा खसेको बताइएको छ ।

भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए । पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए । इन्जिनियर लामिछाने भन्छन्, ‘चैत ३० भित्र पुल निर्माणकार्य नसकिए कारबाही गर्छौँ भनेर पत्र पठाएका छौँ, कन्ट्याक्टरले असार मसान्तसम्म सकेर ह्यान्डओभर (हस्तान्तरण) गर्ने पत्र पठाएको छ ।’

मनाङ ङिस्याङ गाउँपालिकाको वडा नं ४ र ३ जोड्न निर्माणाधीन ‘स्टिल गर्डर ब्रिज’ को स्टिलका सबै ‘मेम्बर’जोडेर चार वटा मात्रै बाँकी छँदा पुल मर्स्याङ्दीमा खसेको थियो। ठेकेदार कम्पनीले भ्याटबाहेक रु चार करोड ५१ हजारमा पुल बनाउने जिम्मा लिएको हो। ३५ मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा रु ६० लाख क्षति पुगेको अनुमान गरिएको थियो।

पुल समयमै निर्माण नगर्दा पुल मर्स्याङ्दीमा खसेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ। पुल निर्माणकार्य अलपत्र देखिएपछि ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । नेपाली सेनाले २०६९ सालमा बेँसीसहर–चामे सडकको ट्र्याक खोलेपछि माथिल्लो मनाङमा पनि सडक र पुल निर्माण थालिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : १४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२