फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’ « Khabarhub

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् ।

‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी युद्ध यहीँ आइपुगेको खण्डमा अत्यन्त कठिन हुनेछ । म राष्ट्रपति रहेसम्म मेरा एउटै सैनिकलाई पनि युद्धमा पठाउन्न ।’

अमेरिका र फिलिपिन्सबीच आपसी रक्षा सन्धि कायम छ । जसअनुसार एक मुलुकमाथि तेश्रो पक्षले आक्रमण गरेको खण्डमा अर्को मुलुकले सहयोग गर्ने उल्लेख छ ।

सन् २०१६ मा राष्ट्रपतिको पद सम्हालेयता डुटेर्टेले दुई पटक रुसको भ्रमण गरेका छन् । यसअघि केही अवसरमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो ‘व्यक्तिगत मित्र’ र ‘आदर्श’ भएको बताएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : ४२ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको