उत्तरी नाइजेरियाको एउटा सहर चिबोक। यसै सहरको विद्यालयबाट अतिवादी मुस्लिम समूह बोका हरामले अपहरण गरेकी एक बालिकाको आठ वर्षपछि उद्धार भयो। लामो समयको अन्तरालमा खुला जिन्दगीमा प्रवेश गरेकी उनी साथीसँगको भेटमा अझ बढी माया र आत्मीयता पाउने आशामा थिइन्। फेरि विद्यालय जाने उनको चाहना थियो। तर, विद्यालयका साथीबाट पनि राम्रो व्यवहार पाइनन्। ‘म सरकारको सकारात्मक सहयोगको आशामा छु ’ उनले भनिन् ‘म फेरी विद्यालय गएर राम्रो जिन्दगी जिउन चाहन्छु।’
उत्तरी नाइजेरियाको एउटा सहर चिबोक। यसै सहरको विद्यालयबाट अतिवादी मुस्लिम समूह बोका हरामले अपहरण गरेकी एक बालिकाको आठ वर्षपछि उद्धार भयो।
१४ अप्रिल २०१४ को रातमा विद्यालयको प्राङ्गणबाटै २ सय भन्दा बढी बालिका चोरिएका थिए। तीनै मध्यकी एक १८ वर्षीया अदामु हुन्। गत १ जनवरीमा १ सय भन्दा बढी बालिकाको उद्धार हुँदा उनीसहित अन्य दुई बालिकासँगै घर आएका थिए।
सन् २०१६ देखि २०१८ को बीचमा चिबोकका तीन बालिका साम्बीसा जङ्गलमा फेला परे। यी तीन जना बोका हरामबाट फुत्केका हुन्। यसपछि नै नाइजेरिया सरकार र विद्रोही बीचको वार्ताले १ सय ३ जनालाई विद्रोही समूहबाट छुटकारा दिलाएको थियो।
उनीहरू उद्धार भएपछि यो विषय अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्यो। उनीहरूको फोटो लिनेको ठूलो भीड जम्मा भएको थियो। त्यत्ति मात्र होइन, नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले राजधानी सहर अबुजामा बोलाएरै उनीसँग भेट गरेका थिए। त्यस समयमा राज्यका गभर्नर तथा उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।
अबुजामा रहेको महिला मामला मन्त्रालय अन्तरगतको एक छात्रावासमा उनीहरूलाई सात महिना राखिएको थियो। त्यसै स्थानमा उनीहरूका लागि सरकारी प्रायोजनमै पुनर्स्थापना कार्यक्रम आयोजना गरियो। यस अन्तरगत स्वास्थ्य सेवा र मनोवैज्ञानिक उपचार पनि समावेश थियो।
विश्वविद्यालयमा रहन चाहनेलाई सरकारले छात्रवृत्ति दिइरहेको छ। अदामु भने त्यहाँ अहिले छैनन्। अहिले अदामुलाई धेरैले गर्ने व्यवहार फरक छ । सरकारी निकायका व्यक्तिले गर्ने व्यवहार पनि फरक छ। यसको कारण उनी विवाहित हुनु हो।
दिनको तीन पटकको खाना, निःशुल्क लत्ताकपडा तथा ल्यापटप र मोबाइल जस्ता इलेकट्रोनिक डिभाइस पनि पुनर्स्थापना कार्यक्रमको प्याकेजमा समावेश थिए। उनीहरूलाई भेट्न अन्तर्राष्ट्रिय स्तरमै लब्ध प्रतिष्ठित व्यक्ति पनि पुगेका थिए। यसै मध्य सन् २०१२ मा विद्यालय गए बापत टाउकोमा तालीवानको गोली खेपेकी नोबेल पुरस्कार विजेता अभियन्ता मलाला युसाफ्जाइ पनि थिइन्।
यसपछि उनीहरू व्यवस्थित शैक्षिक कार्यक्रम रहेको योलाको अमेरिकन युनिभर्सिटी अफ नाइजेरिया (एयुएन)मा लगिएका थिए। उत्तर पूर्वी नाइजेरियामा अवस्थित सो शैक्षिक संस्थाका लागि उनीहरूलाई सरकारले पूर्ण छात्रवृत्ति दिएको थियो। त्यसको चार वर्ष बिती सके पनि त्यस विश्वविद्यालयमा रहन चाहनेलाई सरकारले छात्रवृत्ति दिइरहेको छ। अदामु भने त्यहाँ अहिले छैनन्। अहिले अदामुलाई धेरैले गर्ने व्यवहार फरक छ । सरकारी निकायका व्यक्तिले गर्ने व्यवहार पनि फरक छ। यसको कारण उनी विवाहित हुनु हो।
दुई वर्ष अगाडि नै एक बोका हराम लडाकुसँग उनको विवाह भएको थियो। उनको श्रीमान् भनिने ती पुरुषले पनि सरकारका सामु आत्मसमर्पण गरिसकेका छन्। सरकारको आतङ्कवादी विरोधी अभियान चलाइ रहेको समयमा गएको मार्चमा मात्र ७ हजार जनाले आत्मसमर्पण गरेको त्यहाँको सेनाले जनाएको छ।
बोनो प्रान्तको राजधानी माइदुगीरी अदामुले उनका श्रीमानसँग पाँच महिना बिताएकी थिइन्। बोका हराम लडाकु र उनीहरूका श्रीमतीका लागि त्यहाँ भिन्न क्याम्प बनाइएको थियो। यसअघि पनि कहिलेकहीँ भेट हुन्थ्यो। माइदुगीरीको क्याम्पपछि उनी र दुई बच्चा चिबोकमा रहेका उनका अभिभावकको साथमा पठाइएका थिए। ती पुरुष पूर्वी सीमाको सहर बान्कीको आफ्नै घरमा गएका थिए। अन्य युवती रुथ एन्गालडर र हालीमा अली मायना पनि अभिभावकसँग छुट्टिए।
‘यी तीन बच्चासहित उद्धार गरिए पनि उनीहरूले केही पनि पाएनन्’, हराएका बच्चाका अभिभावक समूहकी प्रमुख याकुबु नेकेकीले भनेकी छिन्, ‘यिनीहरूले एकदमै पीडा भोगेका छन्।’ उनी यसरी हराएका चिबुकका केटीका बारे सरकारले चासो नै नभएको आरोप लगाएकी छिन्। अपहरणमा परेर उद्धार नभएका अन्य १ सय ९ जनाको त कहिले पनि पत्ता नलाग्न पनि सक्छ।
सरकारले छात्रवृत्ति दिइरहेको छ। अदामु भने त्यहाँ अहिले छैनन्। अहिले अदामुलाई धेरैले गर्ने व्यवहार फरक छ । सरकारी निकायका व्यक्तिले गर्ने व्यवहार पनि फरक छ। यसको कारण उनी विवाहित हुनु हो।
महिला मामला मन्त्री दामे पाउलीन तामेल यी तीन जनासँग राष्ट्रपतिले भेट्न चाहे पनि समय नमिलेको बताउँछन्। उनको दाबी त उनीहरूको जिन्दगीमा सुधार ल्याउन राष्ट्रपति बुहारी प्रतिबद्ध रहेको तथा त्यसका लागि पर्ने छन् भन्ने छ।
यसरी चोरिएका धेरै जना बालिकाले अभिभावकसँग माइदुगीरीको सरकारी आवासमै भेट गरेका छन्, टाढा गाउँमा रहेका अभिभावकसँग धेरैले फोनमा कुरा गरी सकेका छन्। केही समय अगाडिसम्म सरकारले यस्ता विषयलाई फ्रेन्चाइजको विषय झैँ प्रचार प्रसार गरेर संसारको ध्यान आकृष्ट गराउने गरेको थियो।
पछिल्लो समय नाइजेरियामा बालिका अपहरणको तथ्याङ्क भयावह छ। चिबोकका चार पर्खाल भित्रबाट धेरै बालिका हराएका थिए।
अपहरित केहीका कथा भने फरक छ। चार या पाँच जनाले साम्बीसा जङ्गलबाटै अभिभावकलाई फोन गरेका छन्। उनीहरू ग्वाजा पहाडको टुप्पोमा रहेको बताइएको थियो। नेइकीले दिएको जानकारी अनुसार पाँच जना प्रान्तीय सरकारको साथमा छन्। उनीहरूले अभिभावक सङ्घसँग सम्पर्क गरिरहेका छन्।
जङ्गलबाट एक बालिकाले आफ्नो बाबुलाई फोन गरेर चिबोकका बालिकाको बारे मतलब नभएको सरकारी अधिकारीले नै बताएको पनि जानकारी दिइन्।
पछिल्लो समय नाइजेरियामा बालिका अपहरणको तथ्याङ्क भयावह छ। चिबोकका चार पर्खाल भित्रबाट धेरै बालिका हराएका थिए। पछिल्लो दुई वर्ष अझ फरक रहेको छ। अपहरणको शैली र कथा फेरिएको छ। स्थानीय डकैती समूहले बच्चाको अपहरण गर्ने कामलाई बढाएको छ।
मार्च २०२० देखि सेप्टेम्बर २०२१ को १९ महिनाको अन्तरालमा उत्तरी नाइजेरियाका विद्यालयबाट १ हजार ४ सय ९ जना बालिका अपहरणमा परे। नाइजेरियाको गुप्तचर संस्था एसबीएमले जनाए अनुसार यिनीहरूको उद्धारका लागि ५ लाख ३० हजार अमेरिकी डलर बराबरको रकम खर्च भएको छ।
नाइजेरियाको सरकारकाले पनि चिबोकको अपहरित बच्चाका उद्धारका लागि फिरौती स्वरूप ३ मिलियन युरो तीरेको थियो। पछिल्लो अपहरण काण्डमा सरकारको चासो कम हुन थालेको छ। डकैती समूहले दाबी गरेको फिरौती रकम तिरेर आफ्नो बच्चा छुटाउन अभिभावक बाध्य भएका छन्।
अदामुको अवस्था भने फरक छ। उनी यसरी अपहरणमा परेर पनि फिर्ता भइसकेकी छिन्। उनी अहिले एयुएनमै छात्रवृत्तिमा अध्ययन गर्न चाहन्छिन्।
मलाई यसले धेरै दुखी तुल्याएको छ। ‘हामीले धेरै दुख पाएका थियौँ, सँगै छुटकारा पायौ। मेरा अन्य साथी अमेरिकी झैँ जीवन बिताएका छन्। म भने घरमा बच्चा हेरेर त्यत्तिकै बसेकी छु’, उनले भनिन्
नाइजेरियामा आतङ्कवादी समूह होस या धार्मिक अतिवादी लडाकु समूह बच्चाको अपहरण गर्ने क्रममा संसारमै बदनाम मानिन्छ। एकै पटक सयौँको सङ्ख्यामा यसरी अपहरण भएका थुप्रै घटना फेला परेका छन्।
यसै वर्षको मध्यमा उत्तर पश्चिम प्रान्त जाफ्राको एक विद्यालयमा एकै पटक ७३ जनाको अपहरण भएपछि केही दिनका लागि विद्यालय नै बन्द गर्नु परेको थियो। त्यसको केही दिन अघि भएको एक अपहरण काण्डमा परेका धेरै जनालाई थुप्रै रकम तिरेर उद्धार गरिएको थियो।
अगस्ट महिनाको अन्त्यमा भएको अपहरण काण्डमा परेको बच्चालाई छुटाउने क्रममा धेरै अभिभावकले आफ्नो जग्गा जमिन नै बेचेको थिए।
धेरै अपहरणकारीले ग्रामीण भेगका विद्यालयलाई आफ्नो निसाना बनाउने गरेका थिए। डिसेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्ममा त उत्तरी नाइजेरियामा १ हजार भन्दा बढी विद्यालयका विद्यार्थीको अपहरण भएको तथ्याङ्क युनिसेफको छ। यसरी अपहरण भएका धेरै जना तत्काल उद्धार गरिएका थिए भने उद्धार गर्ने क्रममा केहीको ज्यान पनि गएको थियो।
अगस्ट महिनाको अन्त्यमा भएको अपहरण काण्डमा परेको बच्चालाई छुटाउने क्रममा धेरै अभिभावकले त आफ्नो जग्गा जमिन नै बेचेको थिए। आफ्नो विद्यार्थीलाई छुटाउनकै लागि फिरौती रकम जोहो गर्ने क्रममा नाइजेरियाको एक विद्यालयले पनि जग्गा बेचेको थियो। अगस्ट महिनामै बन्दुकधारीले कुनै टाढाको जङ्गलमा लगेर तीन महिना राखेको चार जना बालकको कथा सञ्चार माध्यममा प्रकाशित भएको थियो।
अफ्रिकी महादेश नाइजेरियाको यो कहालीलाग्दो तथ्याङ्क र त्यहाँको अपहरणका कथाले अँध्यारो महादेशको तीतो यथार्थलाई उजागर गरेको छ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया