रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित | Khabarhub Khabarhub

रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छन् । उनले काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् ।

भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिस्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काँग्रेसकी चन्द्रकला राईसँग पराजित भएकी थिइन् ।

 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ११ बजे

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

रुपन्देही–३ को उपनिर्वाचनमा जनमत एक्लै लड्ने

काठमाडौं– तराई–मधेशकेन्द्रित सातदलीय दलीय मोर्चा संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध जनमत

कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयन गर्न निर्देशन

काँक्रेविहार– कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले यहाँका ७९ वटा

तनहुँका सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ– तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ

१५ वर्षदेखि दुग्धेश्वरनाथको धर्मशाला निर्माण अधुरो

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला