उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु , ४ घाइते « Khabarhub

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु , ४ घाइते


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर पल्टिँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका-५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

दुर्घटनामा अन्य घाइतेलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

घाइतेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका आचार्यले बताए।

दुर्घटना हुने बित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयवासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयवासीले बताएका छन् । मृतक चापागाईँको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । कार सडकबाट १५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : २५ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा